Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन बनमन्त्री आलेको निर्देशन

शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन बनमन्त्री आलेको निर्देशन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २, २०७८ आइतवार • २२:४६:१९ बजे
  • 904
    SHARES
  • शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन बनमन्त्री आलेको निर्देशन

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् ।

    images

    पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शवदाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन् ।

    कोरोना सङ्क्रमणका कारण दैनिक मृतको सङ्ख्या बढीरहेको छ । नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले शव जलाउनका लागि आफूहरूसँग कम्तीमा पनि एक महिनाका लागि दाउरा पुग्ने जानकारी दिए । रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तीमा पनि एक महिनाका लागि शव जलाउन पुग्नेछ उनले भने ।

    अन्य निजी क्षेत्रसँगको सहकार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महाप्रबन्धक पौडेलले जानकारी दिए । पछिल्लो दुईतीनयता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृत्यु भएका दिनमा १०० देखि १०४ वटा शव व्यवस्थापन हुँदै आएको छ ।

    पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोख्रेलले कोरोनाबाट मृत्यु भएकाको एक शव जलाउन कम्तीमा चार क्विण्टल दाउरा लाग्ने बताए ।

    कोभिड नभएकाको शव जलाउन दुई क्विण्टल जति दाउरा आवश्यक पर्ने गरेकोमा अहिले कोभिडबाट मृत्यु भएकाको शव जलाउन दोब्बर दाउरा आवश्यक पर्छ उनले भने । उनका अनुसार पछिल्लो दुई हप्ता यता आर्यघाटमा शव जलाउनका लागि दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology