Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

दासढुंगाको रहस्य बाहिर आएन, पत्ता लगाउन आग्रह गर्छु : माधव नेपाल

दासढुंगाको रहस्य बाहिर आएन, पत्ता लगाउन आग्रह गर्छु : माधव नेपाल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ३, २०७८ सोमवार • ११:१८:३४ बजे
  • 772
    SHARES
  • दासढुंगाको रहस्य बाहिर आएन, पत्ता लगाउन आग्रह गर्छु : माधव नेपाल

    नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आज भन्दा २८ वर्ष पहिले दासढुंगामा जीप दुर्घटनामा मृत्यु भएका एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको मृत्युको यथार्थ पत्ता लगाउन सरकारसँग माग गरेका छन् ।रातोपाटीबाट साभार

    images

    मदन आश्रितको २८ औं स्मृति दिवसका अवसरमा नेता नेपालद्वारा जारी प्रेस वक्तव्यमा दासढुंगा काण्ड रहस्यमय रहेको भन्दै त्यसको यथार्थ पत्ता लगाउन माग गरिएको छ । नेता नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, जननेता कमरेड मदन भण्डारी कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद निधन भएको २८ बर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । बरिष्ठ नेता नेपालले भनेका छन् घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनाले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहान्छु ।

    नेता नेपालले सम्बन्धित पक्षसँग आग्रह गर्न चाहन्छु भनेका छन् । यसको अर्थ उनको संकेत केपी ओलीले नेतृत्व गरेको सरकार र नेकपा एमालेतर्फ लक्षित रहेको प्रष्टै देखिन्छ । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते दासढुङ्गामा जीप दुर्घटनामा मृत्यु भएको थियो । मदनपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र मदनका समकालीन नेताहरु अहिले सत्ताको बागडोर सम्हाल्न पुगेका छन् ।

    प्रधानमन्त्री ओली दासढुंगा प्रकरणबारे मौन

    मदन स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले छुट्टाछुट्टै विज्ञप्ति निकालेर मदन भण्डारीको योगदानको स्मरण गरेका छन् । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली दासढुंगा प्रकरणबारे भने मौन देखिएका छन् । ओलीले जारी गरेको वक्तव्यमा मदन भण्डारीका योगदानहरुको चर्चा गर्दै वामपन्थीहरुको एकतामा जोड दिइएको छ ।

    आज जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको दिन हो । जनताको बहुदलीय जनवादका प्रवर्द्धक भण्डारी र नेता आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमाले र उसका नेता कार्यकर्ताले स्मरण गर्दैछन् । २८ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म खुलासा हुन नसकेको एमालेभित्र हरेक वर्ष चर्चा हुने गर्छ । मदनको विचार र सिद्धान्तका कारण नेकपा एमाले पटक पटक ठूलो पार्टी र सरकार बनाउन समेत सफल भएको छ । त्यतिमात्रै होइन, मदनलाई मार्गदर्शक मानेर २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको थियो ।

    प्रधानमन्त्री ओलीले पुस ५ मा संसद विघटन गरेलगत्तै माधव कुमार नेपाल र प्रचण्डले बल्खु पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका थिए । तर, आन्तरिक किचलो र सर्वोच्चको आदेशले नेकपा विघटन भएर पुनः एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केका छन् । तथापि प्रधानमन्त्रीले आज मदन भण्डारीलाई सम्झँदै वाम एकताको आह्वान गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # दासढुंगा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology