Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

'मदन भण्डारी र जीवराज आश्रितको नाममा स्वार्थको रोटी सेक्न छोडौँ'

'मदन भण्डारी र जीवराज आश्रितको नाममा स्वार्थको रोटी सेक्न छोडौँ'

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ३, २०७८ सोमवार • ११:३८:१८ बजे
  • 904
    SHARES
  • 'मदन भण्डारी र जीवराज आश्रितको नाममा स्वार्थको रोटी सेक्न छोडौँ'

    पोखरा - पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

    images

    सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहेकै बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर मदन आश्रित जीप दुर्घटनाको अन्तिम निक्र्योल गर्नुपर्ने माग गरेका हुन् । साथै उनले मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र मदन भण्डारीको उत्तराधिकार दाबी गर्ने ओली प्रधानमन्त्री भएका बेला यो घटनाको सत्यतथ्य छानिबन हुनुपर्ने पनि बताएका छन् ।

    'मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रधानमन्त्री भएको बेला उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं', भट्टराईले ट्वीटमा लेखेका छन्, 'नत्र उहाँहरुको नाममा स्वार्थको रोटी सेक्न छोडौं ।'

    २०५० साल जेठ ३ गते एमालेका तत्कालिन महासचिव रहेका भण्डारी र संगठन प्रमुख रहेका आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटना भएको थियो । दुर्घटनामा दुवै जनाको मृत्यु भएको थियो भने जीपका चालक अमर लामा जिवित थिए । तर उनको पनि केही समयपछि काठमाडौँको कीर्तिपुरमा लगेर गोली हानी हत्या गरिएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology