Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

भीम रावलको आँखामा समस्या आएपछि एमाले वार्ता टोलीको पहिलो बैठक अनिश्चित

भीम रावलको आँखामा समस्या आएपछि एमाले वार्ता टोलीको पहिलो बैठक अनिश्चित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ३, २०७८ सोमवार • १२:२७:२० बजे
  • 640
    SHARES
  • भीम रावलको आँखामा समस्या आएपछि एमाले वार्ता टोलीको पहिलो बैठक अनिश्चित

    काठमाडौं । माधव पक्षका टोली नेता भीम रावलको आँखामा समस्या आएपछि नेकपा एमालेको पुनर्मिलनका लागि आधार तय गर्न बनेको वार्ता टोलीको पहिलो बैठक आज बस्ने भनिए पनि अनिश्चित भएको छ ।

    images

    अध्यक्ष केपी शर्मा अ‍ोली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच-पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो ।

    वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ । ओली पक्षका टोली नेता सुवास नेम्वाङ र माधव पक्षका नेता भीम रावलबीच सहमति गरेर सदस्यहरुलाई खबर गर्ने भनिएकोमा रावलको आँखा पाकेको हुनाले अस्पताल जार्नुपरेका कारण समय अनिश्चित भएको हो ।

    वार्ता टोलीलाई चाँडो सहमति मस्यौदा बनाउन दवाव छ । वार्ता टोलीमा ओलीको पक्षबाट नेम्वाङसहित बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपालको पक्षबाट रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

  • सम्बन्धित विषय:

  • # एमाले वार्ता टोली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology