Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुख्यमन्त्री शाहीले गरे कर्णालीमा दुई मन्त्री नियुक्त, बाकीँ २ मन्त्रालय काङ्रेसलाई

मुख्यमन्त्री शाहीले गरे कर्णालीमा दुई मन्त्री नियुक्त, बाकीँ २ मन्त्रालय काङ्रेसलाई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ३, २०७८ सोमवार • १३:३४:४४ बजे
  • 1.4K
    SHARES
  • मुख्यमन्त्री शाहीले गरे कर्णालीमा दुई मन्त्री नियुक्त, बाकीँ २ मन्त्रालय काङ्रेसलाई

    सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषदमा दुई जना मन्त्री नियुक्त गरेका छन । मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा सिताकुमारी नेपालीलाई नियुक्त गरेका हुन ।

    images

    यस अघि उहाँहरुसहित बिन्दमान विष्टलाई मन्त्रीमा नियुक्त गरिएको थियो । मुख्यमन्त्री शाहीले गएकाे बुधबार आर्थिक मामिल तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा बिन्दमान विष्ट, र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा सिता कुमारी नेपालीलाई नियुक्त गरे पनि कांग्रेसले दुई वटा मन्त्रालय मागेपछि सपथ ग्रहण स्थगित भएको थियो ।

    अब बाँकी रहेका सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा उर्जा मन्त्रालय विश्वासको मत दिएर मुख्यमन्त्रीको पद जोगाइदिएको कांग्रेसलाई दिएर सरकारमा सहभागी गराउने तयारी रहेको बताइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology