Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ज्याकी श्रोफले भने – सलमान खानले मेरो कपडा र बुट सम्हाल्थे

ज्याकी श्रोफले भने – सलमान खानले मेरो कपडा र बुट सम्हाल्थे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ३, २०७८ सोमवार • १४:१६:५६ बजे
  • 1.4K
    SHARES
  • ज्याकी श्रोफले भने – सलमान खानले मेरो कपडा र बुट सम्हाल्थे

    बलिउड अभिनेता सलमान खानको फिल्म इन्डष्ट्रिमा केही निकै विशेष व्यक्तित्व छन् जसको साथ उनले कहिले पनि छोड्दैनन् । सलमानको यस्तै दोस्ती ज्याकी श्रोफसँग पनि छ । यो दोस्ती त्यतिबेला देखिको हो जब सलमान खान एक मोडल थिए र फिल्म इन्डष्ट्रिमा कदम जमाउनका लागि सह–निर्देशकको रुपमा काम गरिरहेका थिए । ज्याकीले त्यतिबेला बलिउडमा आफ्नो प्रभाव जमाउन सफल भइसकेका थिए । यहाँसम्म कि ज्याकीका अनुसार उनकै कारण सलमान खानले पहिलो ब्रेक पाएका थिए ।

    images

    ज्याकीका कपडा र बुट सम्हाल्थे सलमानः

    ज्याकीको हालैको अन्तर्वार्तामा उनले आफ्नो र सलमानको सम्बन्धबारे भने, ‘म उनलाई एक मोडल र त्यसपछि एक सह निर्देशकको रुपमा चिन्दथेँ जसले फिल्म फलक (१९८८) को सुटिङका बेला मेरो कपडा र बुट सम्हाल्ने गर्दथे । उनले एक भाइले जस्तो मेरो ख्याल राख्थे ।’ सलमानको फोटो निर्मातालाई देखाउँथे ज्याकीः ज्याकीले थपे, ‘जब उनी (सलमान खान) सह निर्देशकको रुपमा काम गरिरहेका थिए तब मैले उनको तस्बिर ती निर्मातालाई देखाउँथे जोसँग म काम गरिरहेको थिएँ । अन्ततः केसी बोकाडियाका भिनाजुले सलमानलाई बलिउडमा ब्रेक दिए । यद्यपि, सलमान खानले फिल्म ‘मेने प्यार किया’ बाट स्टारडम पाए तर मलाई लाग्छ कि इन्डष्ट्रिमा उनले मेरै कारणले ब्रेक पाएका थिए । यसरी नै हाम्रो दोस्ती भयो । हामी निकै क्लोज छौं र जतिबेला केही ठूलो आउँछ उसले सबैभन्दा पहिला मेरो बारे सोच्छन् ।’

    राधेमा देखियो यी दुईको जोडीः

    हालै सलमान खान र ज्याकी श्रोफ एक साथ फिल्म राधेः योर मोस्ट वान्टेड भाइमा देखिएका छन् । यो फिल्ममा ज्याकी श्रोफले सलमान खानको बसको भूमिका निभाएका छन् । यसअघि यी दुबैको जोडी फिल्म भारतमा देखिएको थियो । प्रभुदेवाको निर्देशनमा बनेको राधेमा सलमान र ज्याकीबाहेक दिशा पाटनी र रणदीप हुड्डा मुख्य भूमिकामा छन् ।एजेन्सी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology