Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ३, २०७८ सोमवार • १७:५३:०५ बजे
  • 895
    SHARES
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड १९ बाट सङ्क्रमित भएका छन् । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    images

    उनी चिकित्सकका निगरानीमा होम आइसोलेसन रहनुभएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।

    नेपालमा थप ९२४७ जना कोरोना संक्रमित थपिए,५७६७ जना डिस्चार्ज '२१४ जनाको मृत्यु'

    पछिल्लो २४ घन्टामा नेपालमा थप ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २१ हजार ६ सय ५३ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार १ सय ९८ मा पोजेटिभ देखिएको र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा पोजेटिभ देखिएको थियो।

    गत २४ घण्टाको अवधिमा २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै मृत्यु हुनेको संख्या ५२१५ पुगेको छ। देशभर ७०८ जना क्वारेन्टिनमा रहेका छन्।

    पछिल्लो २४ घण्टामा ५७६७ जना डिस्चार्ज भएका छन्। योसँगै अहिलेसम्म ३ लाख ४५ हजार ५ सय २३ कोरोनामुक्त भएका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology