Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उपनिर्वाचन

राष्ट्रियसभा सदस्यमा देवकोटालाई माओबादी केन्द्रले र थापालाई एमालेले मतदान गर्न ह्वीप जारी

राष्ट्रियसभा सदस्यमा देवकोटालाई माओबादी केन्द्रले र थापालाई एमालेले मतदान गर्न ह्वीप जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ४, २०७८ मंगलवार • ०९:४५:१८ बजे
  • 1.4K
    SHARES
  • राष्ट्रियसभा सदस्यमा देवकोटालाई माओबादी केन्द्रले र थापालाई एमालेले मतदान गर्न ह्वीप जारी

    बागमती प्रदेशबाट राष्ट्रियसभाको रिक्त सदस्य पदको उपनिर्वाचनमा उम्मेदवारी रहेका रामबहादुर थापालाई मतदान गर्न नेकपा एमालेले ह्वीप जारी गरेको छ। नेकपा एमाले महासचिव इश्वरपोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिँदै प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उप्रमुखका पत्र पठाएका हुन्।

    images

    बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क, रामबहादुर थापामगर भएको जानकारी गराइन्छ। पत्रमा भनिएको छ, पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९।०० बजे देखि १५।०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु। बागमती प्रदेश कमिटी बोधार्थ दिइएको पत्रमा कोरोना पिसिआर टेष्टको प्रमाण अनिवार्य लिएर आउन आग्रह गरिएको छ।

    यता नेकपा माओवादी केन्द्रले बागमती प्रदेशबाट राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटालाई मतदान गर्न आह्वान गरेको छ। सोमबार माओवादी केन्द्रका बागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै कलम चुनाव चिन्हमा मतदान गरी देवकोटालाई जिताउन अनुरोध गरेका हुन् ।

    रामबहादुर थापाले पार्टीको नीति, विधि र अनुशासन नमानि प्रतिगमनकारी तत्वको मतियार भई गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेकाले पार्टीले राष्ट्रिय सभा सदस्यबाट कारबाही गरेकोले खाली भएको विज्ञप्तिमा उल्लेख छ।खाली स्थानमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस लगायतका अन्य पार्टीहरुको समर्थन र सहयोगमा साझा उम्मेद्वारको रुपमा डा.खिमलाल देवकोटाले उम्मेद्वारी दिनु भएको छ ।

    जारी विज्ञप्तिमा भनिएको छ, संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रिय सभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ ।एमालेकै माधवकुमार नेपाल पक्षको समर्थन पाएका देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को साथ छ।

    नेपाल पक्षले साथ नदिए थापा राष्ट्रियसभामा पुनर्निर्वाचित हुन गाह्रो हुनेछ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य एक जनाको मतबराबर ४८ मत र स्थानीय तहका प्रमुख र उपप्रमुखको एक मतबराबर १८ मत गणना हुने बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ।

    प्रदेशभित्र १ सय १० प्रदेशसभा सदस्यको ५ हजार २ सय ८० र १ सय १९ स्थानीय तहका २ सय ३८ अध्यक्ष र उपाध्यक्षका ४ हजार २ सय ८४ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ।

    जम्मा ९ हजार ५ सय ६४ मत रहेकोमा एमालेको मात्र मतसंख्या ९ हजार ५ सय ५६ छ। तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ३४ प्रदेशसभा सदस्यको १ हजार ६ सय ३२ मत छ। नेपाल पक्षका २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४ मत छ।

    माओवादी केन्द्रको २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४, कांग्रेसका २२ प्रदेशसभा सदस्यको १ हजार ५६ मत छ। नेमकिपाका दुईसहित अन्य आठ प्रदेशसभा सदस्य छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology