कमरेडहरु !
हिजो,
गरीव निमुखा जनताको लागि भनेर,
सपनाको देश निर्माणमा जोडिन भन्यौ र,
मन विचारको भावलाई साथ लिएर हिड्यौ,
देश बदल्न भन्यौर सारा गाऊँ वस्ती उठ्यौ,
परिवारको माया र घरवार छाडेर हिड्यौ,
भोको नाँगो छातीमा हतियार संग लड्यौ,
हामीले जीवनलाई वलिदानी संग साट्यौ।
तातो गोली र बारूदको संसारमा लड्यौ,
सयौ सुखानी काण्डहरुमा हामी लाश बन्यौ,
जेल,नेल र मृत्युको छिड़ीको वलिमा चढाईयौ,
सारा सर्वस्व धन जन गुमाएर किनारा लाग्यौ,
खेल्दा खेल्दा धेरै मृत्युहरुलाई जितेर हिड्यौ,
सहासले युद्द जितेर देश तिम्रो हातमा सुम्पियौ,
आख़िर यो संसार कमरेडहरुलाई दिएर गयौ।
कमरेडहरु !
आज,
हाम्रो सपनाको देश बनेको छकी छैन ?
गरीवका पेटहरु भरिएका छन की छैनन ?
शहिद परिवारको जीवनमा खुसी छकी छैन?
घाईते अपांगको उपचारमा मलम छकि छैन?
कोरोना कहरमा जनताले औषधि पाएकी पाएन?
क़ानून र न्यायमा समानता आयो की आएन?
भ्रस्टाचार र अपराधहरु निरूपण भयोकी,छैन?
देश विकासको खाका कोरियो की कोरिएन?
अस्थिर राजनीतिको हावाले पो झोरेको छकी!
आस्था र निस्ठाको विचारमा लेउ लाग्यो की!
देश कतै भागबन्डाको दलदलमा पो भयो की!
सत्ताको जोड घटाउ हिसावमा मोलतोल छकी!
भ्रस्टाचार र अपराधका चाँगले देश गाँज्यो की!
उत्तर दक्षिणको ‘सिरेटो’ र ‘लु’ ले पो झोर्योकी!
लोकतन्त्रमा कतै प्रश्न चिन्ह खडा पो भोकी!
छातीमा हात राखेर हेर कमरेड, कतै भूल भोकी!
भिम बुढाथोकी
साधारण उच्च मा.बि शिक्षक,
रुकुम पक्षिम त्रिवेनि ७