Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जसपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको अवसर प्राप्त भए मात्र सरकार सहभागी हुने

जसपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको अवसर प्राप्त भए मात्र सरकार सहभागी हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ४, २०७८ मंगलवार • १५:५७:०८ बजे
  • 913
    SHARES
  • जसपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको अवसर प्राप्त भए मात्र सरकार सहभागी हुने

    काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको अवसर प्राप्त भए मात्र सरकार सहभागी हुने जनाएको छ। तर यसबाहेक अन्य अवस्थामा जसपा सरकारमा नजाने उसले बताएको हो।

    images

    अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आएमा वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा मात्रै जसपा सरकारमा सहभागी हुने बताएका हुन्। पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन्।

    तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन। जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ विज्ञप्तिमा उल्लेख छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology