Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : पाण्डे र खड्काले दिए उमेदवारी

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : पाण्डे र खड्काले दिए उमेदवारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ४, २०७८ मंगलवार • १९:५३:५४ बजे
  • 1.4K
    SHARES
  • राष्ट्रियसभा सदस्य उपनिर्वाचन : पाण्डे र खड्काले दिए उमेदवारी

    पोखरा । यही जेठ १७ गते लुम्बिनी प्रदेशअन्तर्गतमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि एमाले र काङ्रेसबाट दुईजनाको उमेदवारी परेको छ ।

    images

    नेकपा (एमाले)का तर्फबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका तर्फबाट दृगनाराण पाण्डेको उमेवारी दर्ता भएको निर्वाचन सहायक अधिकृत निमराज भट्टाईले जानकारी दिए ।

    पाण्डे कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनका उमेदवार हुन् । उनी एमालेको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । खड्का भने एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका थिए ।

    सोही रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । पाण्डेको प्रस्तावक र समर्थकमा प्रदेशसभा सदस्यहरु इन्द्रजित चौधरी र शंकर गिरी रहेका छन । त्यस्तै, खड्काको प्रस्तावक र समर्थकमा सरस्वती गौतम र लीला गिरी रहेको भट्टराईले जानकारी दिए । खड्का अर्घाखाँचीको मालारानी गाउँपालिका ५ निवासी हुन् । अहिले उनलाई एमालेले जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । पाण्डे कपिलवस्तुका हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology