Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

कोरोनाको नयाँ लक्षण भेटियो,संक्रमण तीव्र हुने वैज्ञानिकहरुको चेतावनी

कोरोनाको नयाँ लक्षण भेटियो,संक्रमण तीव्र हुने वैज्ञानिकहरुको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७७ बिहिवार • १७:५१:४४ बजे
  • 4.8K
    SHARES
  • कोरोनाको नयाँ लक्षण भेटियो,संक्रमण तीव्र हुने वैज्ञानिकहरुको चेतावनी
    एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको ब्यापकता जसरी बढ्दैछ, त्यसरी नै यसका लक्षणहरु पनि थपिंदै गएका छन । स्पेनको मेड्रिडस्थित रामोन वाइ केजल युनिभर्सिटी हस्पिटलका विशेषज्ञहरुले कोरोना संक्रमित विरामीमा नयाँ लक्षण फेला पारेका छन ।
    उनीहरुका अनुसार, मुखभित्र माथिल्लो भागमा घाउ या स–साना रातो रंगका थोप्लाहरु कोरोना भाइरसको लक्षण हुनसक्छ । जामा डर्मेटोलोजी जर्नलमा प्रकाशित शोधपत्रका अनुसार, अनुसन्धानकर्ताहरुले ३० मार्च देखि ८ अप्रिलसम्म २१ जना कोरोना संक्रमित बिरामीहरुमा अध्ययन गरेका थिए ।
    ४० देखि ६८ बर्ष उमेरका ती कोरोना संक्रमित विरामीहरुमा गरिएको अध्ययनबाट यो नयाँ तथ्यको खुलासा भएको हो । अध्ययनमा सहभागी गराइएका २१ मध्ये ६ जना विरामीको मुखभित्र तालुमा रातो रंगका थोप्लाहरु देखिएका थिए ।
    ती थोप्लाहरु नाक हुँदै घाँटीको भित्री भागसम्म फैलिएका थिए । यो नयाँ तथ्यको खुलासा भएसंगै कोरोना संक्रमित विरामीहरुको मुखको पनि परीक्षण गर्न आवश्यक रहेको चिकित्सकहरुले बताएका छन ।
    तर अहिले प्रचलित उपचार पद्धतिमा कोरोना संक्रमित विरामीको मुखको परीक्षण गरिंदैन । मुखको भित्री भागमा देखिएको यो लक्षणबाट कोरोना संक्रमण फैलिने गति तीव्र हुने भन्दै यो विषयलाई कुनैपनि शर्तमा नजरअन्दाज गर्न नहुने चिकित्सकहरुले सुझाव दिएका छन ।
    यो तथ्यलाई मध्यनजर गर्दै कोरोना संक्रमित विरामीको उपचार प्रोटोलमा नाक, कान, घाँटी (ईएनटी) विशेषज्ञलाई पनि सहभागी गराउनु पर्ने रामोन वाइ केजल युनिभर्सिटी हस्पिटलका डा. जुआन जिमेनेज नेतृत्वको टोलीको ठहर छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology