कोरोनाबाट केही समय शिथिल बनेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज मन्त्रीपरिषद् विस्तार गरेका छन । उनले एक जनालाई मन्त्रालय सहित र अन्य तीन जनालाई विनाविभागीय मन्त्रीको रुपमा सपथ खुवाएका हुन ।
यस अघि नै आर्थिक मन्त्रालय सम्हालिसकेका किरण गुरुङलाई सोही मन्त्रालयमा नै सपथ गराएका हुन भने अन्य तीन जना विनाविभागीय मन्त्रीका रुपमा सपथ गरेका हुन । विना विभागीय अघि रामशरण बस्नेत भौतिक पूर्वाधारमन्त्री , विकास लम्साल उद्योग पर्यटन वन तथा वातावरणमन्त्री र नरदेवी पुन सामाजिक विकासमन्त्री रहेका थिए ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारैजनालाई सपथ खुवाएकी छन् ।
वैशाख २९ गते सदनमा सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका गुरुङले गण्डकी प्रदेशको नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले मन्त्रीहरु नियुक्त गरिएको बताए । सरकारले जेठ १५ मा नीति तथा कार्यक्रम र असार १ मा बजेट ल्याउने तयारी गरेको छ ।
मन्त्री बन्नको लागि नयाँ अनुहार दौडधुप गरेपनि अहिलको मन्त्रिमण्डलमा नयाँ अनुहारले भने मौका पाएनन् ।
केही समय अघि मात्र मन्त्री बनेका दिपक गुरुङ मनाङे भने सपथ ग्रहणमा उपस्थित रहेन । उनी काठमाडौमा रहेको हुनाले सपथ ग्रहण हुन नसकेको मुख्यमन्त्रीका सचिवालयले जनाएको छ । दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ।
गुरुङ २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए। कोरोना संक्रमणका कारण बिरामी परेको हुँदा उनले मन्त्रिपरिषद गठन गर्न सकेका थिएनन्। केही निको भएपछि उनले बुधबार मन्त्रीहरु नियुक्त गरेका हुन्।