Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

खुसी किन्न सक्दिन म !

खुसी किन्न सक्दिन म !

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ६, २०७८ बिहिवार • १३:२०:२५ बजे
  • 1.4K
    SHARES
  • खुसी किन्न सक्दिन म !

    कोरोनाको त्रासमा नडराएको मूलुक छैन।
    विरामीले श्यैया सबै नभरिएको कतै छैन।
    आँसु झारी रूने शहर नभएको कहि छैन।
    छाती पिटी रूने गाऊँ नभएको कहि छैन।

    images

    अस्पतालमा लाशै लाश परिवारको रुवाई।
    जताततै सबलाई पिडा कले बुझ्ने सुनाई।
    कस्तो पापी महामारी ज्यान लुटी लिन्छस्।
    एकल्याएर परिवारमा पिडा छोडी जान्छस्।

    कोहि विदेश कोहि स्वदेश परिवारको माया।
    नदेखिने भो नभेटिने भो कतै हाम्रो घामछाया।
    विलापले आँसु झारी सबैको छ दया जहाँ ।
    खुसी किन्न सक्दिन म  पाइदैन जीवन यहाँ ।

    झूठो रहेछ संसार यहाँ एक दिन सबै मर्नु पर्ने।
     सबै संग साथ छुट्टिएर एक्लै एकलै रूनु पर्ने।
    सारा बन्धन तोड्ने थिए जीवन फ़ेरि आउने भए।
    खुसी सारा सबै किन्थे बरु पैसा साटी हुने भए।

    आँसु झारी रूने शहर नभएको कहि छैन।
    छाती पिटी रूने गाऊँ नभएको कहि छैन।

     

     

    भिम बुढाथोकी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology