Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

समृद्धि हो कि बिकृती ?

समृद्धि हो कि बिकृती ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७७ बिहिवार • २१:१४:५४ बजे
  • 2.5K
    SHARES
  • समृद्धि हो कि बिकृती ?
    राम चन्द्र तिम्सिना 
    (आवाज)
    मौलिक लोकदोहोरिमा छाडापन। 
    मौलिक तिज गितमा छाडापन ।।
    नृत्यमा छाडापन । 
    साहित्यमा छाडापन ।।
    समृद्धि होकि बिकृती महोदय ।।।

    नेपाली चलचित्रमा अराजकता। 
    राजनीति वृतभित्र अराजकता ।
    बिकासमा अराजकता ।।
    निकासमा अराजकता ।।
    समाजवाद होकि अराजकवाद महोदय ।।।

    फरिया फालेर लहंगा। 
    सिन्दुर फालेर मेहन्दी ।
    ढिंडो छाडेर केक ।।
    स्वास्नी छाडेर पर्देश ।।
    रहर होकि बाध्यता महोदय ।।।

    जुट्दा आहा फुट्दा आहा ।
    रास्ट्रीयता स्वाहा ।
    नीति नियम ,कार्यदिशा ।।
    विधि-बिधान स्वाहा ।।
    वेस्या होकि बिक्या हो महोदय ।।।

    बिपत्तिको कोलाहल एकातिर । 
    बिमत्तिको कोलाहल अर्कातिर । 
    खान एक, लान एक दिन मतभेद ।
    देशी होकि बिदेशी महोदय ।।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology