काठमाण्डौ/जेठ ६ सर्बोच्च अदालतले संघीय संसद् सदस्य नरहेका मन्त्रीहरूलाई कामकाज गर्न नदिन अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेरजबराको एकल इजलासले आज सांसद् नरहे पनि दोस्रोपटक मन्त्री नियुक्त भएका ७ जनाको नियुक्ति बदर गर्दै कामकाज गर्न नदिन अन्तरिम आदेश दिएको हो।
नेकपा बिभाजन पछी माओबादी बाट एमालेमा प्रबेश गरेका ७ जना नेताहरुलाई प्रधानमन्त्रीले दोस्रो पटक गैर सॅासद भएकै अबस्थामामन्त्री बनाएका थिए।सर्बोच्चको यो निर्णय संगै अब माओबादी छाडेर एमाले हुन पुगेका यि नेताहरुको राजनितिक भबिष्य अन्योलताकोभुमरीमा फसेको छ। यद्दपि गृहमन्त्री राम बहादुर थापा बादलको भने आज सम्पन्न बाग्मति प्रदेशको उप निर्बाचान जितेर पुन:मन्त्री हुनेसंभाबना कायमै छ।