Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु,साढे ६ बजेसम्म परिणाम आउने

राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु,साढे ६ बजेसम्म परिणाम आउने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ६, २०७८ बिहिवार • १७:०१:५२ बजे
  • 1.1K
    SHARES
  • राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु,साढे ६ बजेसम्म परिणाम आउने

    राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ । उपनिर्वाचनमा रामबहादुर थापा बादल डा। खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार हुन् ।

    images

    बादल नेकपा एमालेका उम्मेदवार हुन् भने देवकोटालाई नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा नेपालको उपेन्द्र बाबुराम पक्षसमेतको समर्थनमा एमालेको खनाल–नेपाल पक्षले उम्मेदवार बनाएको हो ।

    बिहान ९ बजे सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो । ​मतपरिणाम आज नै साँझसम्ममा आउने सम्भावना रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले बिहीबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै ३ बजेसम्ममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।

    उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका छन् ।

    यस मध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ जना रहेको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्य तर्फको मतभार १८ रहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology