Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी केन्द्रको स्थायी समिती वैठक : सीसीएमसीको खारेजीको माग देखि प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय

माओवादी केन्द्रको स्थायी समिती वैठक : सीसीएमसीको खारेजीको माग देखि प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ६, २०७८ बिहिवार • १७:२४:४७ बजे
  • 1.2K
    SHARES
  • माओवादी केन्द्रको स्थायी समिती वैठक : सीसीएमसीको खारेजीको माग देखि प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय

    पोखरा । नेकपा माओवादी केन्द्रको स्थायी समिती वैठकले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ ।

    images

    पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । यो संयन्त्र प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म निर्माण हुने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए । माओवादी केन्द्रले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को खारेज गर्नुपर्ने माग राख्ने पनि निर्णय गरेको छ ।

    सीसीएमसीको त कामै छैन । यसले कुनै राम्रो काम गरेन । अनियमितता र भ्रष्टाचारका निम्ति बनेको संयन्त्र बन्न पुग्यो नेता पोखरेलले भने । सीसीएमसीले महामारी रोकथाममा काम गर्न नसकेकाले माओवादी केन्द्रले सर्वपक्षीय संयन्त्र निर्माण गर्ने निर्णय पनि गरेको छ । सर्वपक्षीय संयन्त्रमा दलहरु, सरोकारवाला लगायत हुनेछन् ।

    साथै महामारी रोकथामका लागि माओवादी केन्द्रले कोष समेत निर्माण गर्ने भएको छ । केन्द्रीय कोष बनाएर महामारी रोकथाममा सक्रिय हुने बैठकले निर्णय गरेको छ । माओवादीले सरकार कुटनैतिक पहलकदमीमा पनि असफल भएको निष्कर्ष निकालेको छ । महामारी रोकथाम तथा उपचारका निम्ति कूटनीतिक पहल लिन नसकेकाले माओवादी केन्द्रले यसतर्फ पनि पहल गर्ने भएको छ ।

    सँगै, कृषि उत्पादनलाई बजारसम्म लैजाने र जनजीवनलाई सहज बनाउन पार्टी पंक्ति परिचालित हुने भएको छ । त्यसका लागि केन्द्रदेखि स्थानीय तहसम्म स्वयम् सेवक दस्ता निर्माण गरिने पोखरेलले बताए । आफ्नै पार्टी कोषबाट अक्सिजन प्लान्ट निर्माणको पहल पनि गर्ने माओवादीले निर्णय गरेको छ । त्यसका लागि स्थानीय तहमा आफ्नो तर्फबाट निर्वाचित जनप्रतिनिधिको सहयोग र परिचालन गरिने भएको छ ।

    यी सबै काम र निर्णयहरुको जानकारी सरकारलाई चाँडै दिने निर्णय भएको पोखरेलले बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology