Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्रीपद गुमेको एमालेका उम्मेदवार बादललाई अर्को झट्का ,राष्ट्रियसभा सदस्यमा डा.देवकोटा विजयी

मन्त्रीपद गुमेको एमालेका उम्मेदवार बादललाई अर्को झट्का ,राष्ट्रियसभा सदस्यमा डा.देवकोटा विजयी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ६, २०७८ बिहिवार • १७:२८:५९ बजे
  • 1.5K
    SHARES
  • मन्त्रीपद गुमेको एमालेका उम्मेदवार बादललाई अर्को झट्का ,राष्ट्रियसभा सदस्यमा डा.देवकोटा विजयी

    हेटौंडा। निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा। खिमलाल देवकोटा विजयी भएका छन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।

    images

    देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

    यो पनि :दोस्रोपटक मन्त्री नियुक्त भएका ७ जनाको नियुक्ति बदर

    जेठ ६ सर्बोच्च अदालतले संघीय संसद् सदस्य नरहेका मन्त्रीहरूलाई कामकाज गर्न नदिन अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेरजबराको एकल इजलासले आज सांसद् नरहे पनि दोस्रोपटक मन्त्री नियुक्त भएका ७ जनाको नियुक्ति बदर गर्दै कामकाज गर्न नदिन अन्तरिम आदेश दिएको हो।

    नेकपा बिभाजन पछी माओबादी बाट एमालेमा प्रबेश गरेका ७ जना नेताहरुलाई प्रधानमन्त्रीले दोस्रो पटक गैर सॅासद भएकै अबस्थामामन्त्री बनाएका थिए।सर्बोच्चको यो निर्णय संगै अब माओबादी छाडेर एमाले हुन पुगेका यि नेताहरुको राजनितिक भबिष्य अन्योलताकोभुमरीमा फसेको छ।

    यो पनि : माओवादी केन्द्रको स्थायी समिती वैठक : सीसीएमसीको खारेजीको माग

    नेकपा माओवादी केन्द्रको स्थायी समिती वैठकले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।

    यो संयन्त्र प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म निर्माण हुने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए । माओवादी केन्द्रले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को खारेज गर्नुपर्ने माग राख्ने पनि निर्णय गरेको छ । सीसीएमसीको त कामै छैन । यसले कुनै राम्रो काम गरेन । अनियमितता र भ्रष्टाचारका निम्ति बनेको संयन्त्र बन्न पुग्यो नेता पोखरेलले भने । सीसीएमसीले महामारी रोकथाममा काम गर्न नसकेकाले माओवादी केन्द्रले सर्वपक्षीय संयन्त्र निर्माण गर्ने निर्णय पनि गरेको छ । सर्वपक्षीय संयन्त्रमा दलहरु, सरोकारवाला लगायत हुनेछन् ।

    साथै महामारी रोकथामका लागि माओवादी केन्द्रले कोष समेत निर्माण गर्ने भएको छ । केन्द्रीय कोष बनाएर महामारी रोकथाममा सक्रिय हुने बैठकले निर्णय गरेको छ । माओवादीले सरकार कुटनैतिक पहलकदमीमा पनि असफल भएको निष्कर्ष निकालेको छ । महामारी रोकथाम तथा उपचारका निम्ति कूटनीतिक पहल लिन नसकेकाले माओवादी केन्द्रले यसतर्फ पनि पहल गर्ने भएको छ । सँगै, कृषि उत्पादनलाई बजारसम्म लैजाने र जनजीवनलाई सहज बनाउन पार्टी पंक्ति परिचालित हुने भएको छ । त्यसका लागि केन्द्रदेखि स्थानीय तहसम्म स्वयम् सेवक दस्ता निर्माण गरिने पोखरेलले बताए । आफ्नै पार्टी कोषबाट अक्सिजन प्लान्ट निर्माणको पहल पनि गर्ने माओवादीले निर्णय गरेको छ ।

    त्यसका लागि स्थानीय तहमा आफ्नो तर्फबाट निर्वाचित जनप्रतिनिधिको सहयोग र परिचालन गरिने भएको छ । यी सबै काम र निर्णयहरुको जानकारी सरकारलाई चाँडै दिने निर्णय भएको पोखरेलले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology