Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिन, जेठ ९ गते संसदको बर्षे अधिवेशन बोलाउन राष्ट्रपती समक्ष सिफारिस गर्ने

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिन, जेठ ९ गते संसदको बर्षे अधिवेशन बोलाउन राष्ट्रपती समक्ष सिफारिस गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ६, २०७८ बिहिवार • १८:२५:३२ बजे
  • 565
    SHARES
  • प्रधानमन्त्री ओलीले विश्वासको मत नलिन, जेठ ९ गते संसदको बर्षे अधिवेशन बोलाउन राष्ट्रपती समक्ष सिफारिस गर्ने

    आज बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ९ गते संसदको बर्षे अधिवेशन बोलाउने निर्णय गरेको छ । बैठकका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको मन्त्रीको भनाइ छ ।

    images

    प्रधानमन्त्री ओलीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने विर्फिङ गरेको एक मन्त्रीले बताएका छन । वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए ।

    तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology