Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैकल्पिक सरकार

राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैकल्पिक सरकार गठनका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैकल्पिक सरकार गठनका लागि आह्वान

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ६, २०७८ बिहिवार • २२:४१:३९ बजे
  • 961
    SHARES
  • राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैकल्पिक सरकार गठनका लागि आह्वान

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैकल्पिक सरकार गठनका लागि आह्वान भएको छ । बिहीबार साँझ संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीबाट आह्वान भएको हो ।

    images

    प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिने निर्णय लिँदै वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने उल्लेख गरेपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान भएको हो । वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई २१ घण्टाको समय दिएकी छन् ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा दलहरुलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिइएको छ ।

    गत वैशाख २७ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीको प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट अस्वीकृत भएपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दललाई नयाँ प्रधानमन्त्रीमा दावी गर्न आह्वान गरिएकामा पेश नभएपछि वैशाख ३० गते राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दल नेकपा (एमाले) का अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गरेकी थिइन् ।

    यसरी नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेकामा हाल विकसित राजनीतिक परिस्थितिमा वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, वैशाख २७ गतेको भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएका;ले प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया आरम्भ गर्न नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकबाट निर्णय भएको र सोबमोजिम प्रधानमन्त्रीले आग्रह गरेकाले राष्ट्रपतिले उक्त आह्वान गरेकाे राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    नयाँ आह्वानबमोजिम सरकार गठन हुन नसकेमा मुलुकमा मध्यावधि निर्वाचनका मिति तोक्नुपर्ने हुन्छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology