Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना महामारी नियन्त्रणका नाममा संकटकाल लगाउने तयारीमा सरकार,नागरिक हक र अधिकार पनि प्रभावित हुने

कोरोना महामारी नियन्त्रणका नाममा संकटकाल लगाउने तयारीमा सरकार,नागरिक हक र अधिकार पनि प्रभावित हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ६, २०७८ बिहिवार • २२:५०:३८ बजे
  • 874
    SHARES
  • कोरोना महामारी नियन्त्रणका नाममा संकटकाल लगाउने तयारीमा सरकार,नागरिक हक र अधिकार पनि प्रभावित हुने

    काठमाडौँ। सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा संकटकाल लगाउने तयारी  गरेको छ।

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको अध्यादेशमा संकटकालबारे गरिएको व्यवस्थाबारे थप विवरण प्राप्त भइसकेको छैन। अध्यादेशमा संकटकाल कुन अवस्थामा लगाउने भन्नेबारे स्पष्ट नभएको एक मन्त्रीले जानकारी दिए।

    \तर यसबारे प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सेनापति पूर्णचन्द्र थापासँग गहिरो छलफल गरेको सरकारको उच्च स्रोतले जानकारी दियो।

    खासगरी संकटकालका बेला कोरोना नियन्त्रणका लागि अक्सिजनलगायत जफत गर्दा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यान दिदै ओलीले थापासँग सेनाको समन्वयकारी र सहयोगात्मक भूमिको खोजेको स्रोतले बतायो।

    संकटकाल लागेमा सामान्य अवस्थामा प्रचलित उपभोग भएका नागरिक हक र अधिकार पनि प्रभावित हुने स्रोतको भनाई छ।

  • सम्बन्धित विषय:

  • # संकटकाल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology