Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतीय वायु सेनाको एमआइजी-२१ ( MIG 21 ) लडाकु जहाज दुर्घटना,पाइलटको मृत्यु

भारतीय वायु सेनाको एमआइजी-२१ ( MIG 21 ) लडाकु जहाज दुर्घटना,पाइलटको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ७, २०७८ शुक्रवार • ०९:४०:०५ बजे
  • 1.4K
    SHARES
  • भारतीय वायु सेनाको एमआइजी-२१ ( MIG 21 ) लडाकु जहाज दुर्घटना,पाइलटको मृत्यु

    एजेन्सी । भारतमा वायु सेनाको एउटा लडाकु जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जाबको मोगानजिकै बिहीबार राति वायु सेनाको एमआइजी-२१ ( MIG 21 )लडाकु जहाज दुर्घटनामा परेको हो।

    images

    तालिमका क्रममा रहेको जहाज दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाबारे छानबिन गर्न समिति बनाइएको छ। यो वर्ष भारतीय वायु सेनाको एमआइजी-२१ लडाकु जहाज दुर्घटनामा परेको यो तेस्रो घटना हो।

    यो पनि समाचार हेर्नुस :सलमान खानको नयाँ फिल्म 'राधे' अनलाइनमा लिक

    बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म 'राधे' आधिकारिक डिजिटल प्लेटफर्म रिलिज भएको केही समयमै अनलाइनमा लिक भएको छ।

    'राधे: योर मोस्ट वान्टेड भाइ' फिल्म इदको अवसरमा मे १३ मा रिलिज भएको थियो। तर त्यसको केही समयमै लिक भएर विभिन्न अनलाइनले राखेपछि सलमानका फ्यानहरूले सामाजिक सञ्जालमार्फत् उनलाई जानकारी गराएका थिए। अनाधिकृत रूपमा फिल्म अपलोड गरेको पाइएपछि सलमानले ट्वीटरमार्फत् त्यस्तो नगर्न चेतावनी दिएका थिए।

    फिल्म पाइरेसी गर्नेलाई मुद्दा हाल्ने उनले बताएका थिए। जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज लिमिटेडले फिल्म अनाधिकृत रूपमा अपलोड भएको भन्दै प्रहरीको साइबर सेलमा उजुरी हालिसकेको जनाएको छ।

    प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ। प्रभु देवाले निर्देशन गरेको 'राधे'मा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डालगायत कलाकारको अभिनय छ।

  • सम्बन्धित विषय:

  • # जहाज दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology