प्रधानमन्त्री ओलीले विश्वासको मत नलिई सविधानको धारा ७६ को(५)अनुसार वैकल्पिक गठनको लागी राष्ट्रपतिलाई आह्वान गरे ।
राष्ट्रपति बिद्या देवी भण्डारीले पनि छापामार शैलीमा वैकल्पिक सरकार गठनको लागी धारा ७६ को(५) अनुसार नै वैकल्पिक सरकार गठनको लागी आह्वान गरिन । उनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीले सबैधानिक प्रक्रिया समेतको ख्यान नगरी २१ घण्टामा बैकल्पिक सरकारको आह्वान गरेको भन्दै जताजतै विरोध भएको छ ।
यस्तै राजनैतिक घटनाक्रमले तातिरहेको बेला जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफु निकटका सांसदहरुको वैठक बोलाएको छ । बिहान १० बजे बस्ने गरी सिहदरवारमा बोलाइएको वैठकमा भने अर्का अध्यक्ष उपेन्द्र यादवलाई भने खबर गरिएको छैन ।
सविधानको धारा ७६ को ५ अनुसार आज साझँ ५ बजेको समय सिमा भित्र केपी शर्मा ओलीले पुन प्रधानमन्त्रीमा दावी पेश गर्ने र जसपा अध्यक्ष महन्थ ठाकुरपक्षलाई सरकारमा सहभागी गराउने स्रोतले बताएको छ । स्रोतका अनुसार प्रम ओली र ठाकुर बीच कारगार रहेका रेसम चौधरी लगाएत आफ्ना नेता कार्यकर्ता रिहाई गर्ने र सविधान संसोधनका लागी कार्यदल गठन गर्ने सहमति भएको छ। नागरिकता सम्वन्धि अध्यादेश जारी गर्न मन्त्रीपरिषद्बाट स्वीकृत गरी राष्ट्रपति कार्यालयमा पठाइएको छ । केही कैदीबन्धि रिहाइ गर्दै रेशम चौधरी रिहाईको प्रक्रिया अघि बढाइएको छ ।
"प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा अधिकांश मागमुद्धा संवोधन गर्नु भएको छ,अब उहाँलाई साथ नदिनु राजनैतिक वेइमानी हो ,अब उहाँलाई साथ दिने निर्णय गर्छ र हामी सरकार पनि जान्छौ " ठाकुर निकट जसपा नेताले भने । उनले संविधानको धारा ७६ को(५) अनुसार आजै ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने र त्यसमा जसपा पनि सहभागि हुने उनले बताएका छन् ।
बालुवाटार स्रोतका अनुसार आज बेलुका ५ बजेपछि राष्ट्रपति विध्यादेवी भाण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को(५) अनुसार पुन; प्रधानमन्त्री नियुक्ती गर्ने र त्यसपछि ओलीको नेतृत्वमा जसपाको ठाकुर र महतो पक्ष सरकारमा सहभागी हुने छ। त्यसका लागी ठाकुर र महतोको साथ लिएर प्रधानमन्त्री ओलीले धारा ७६ को(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष दावी पेश गरेि सकेका छन् ।
प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपतिले वेलुका ५ बजे सम्मको समय सीमा दिएकी छन् । ओलीले जसपाले राखेका नागरिकता कैदिबन्दी रिहाई मागहरु संवोधन गरेपछि महन्थ र ठाकुर पक्ष उनको नेतृत्वमा सरकारमा सहभागी हुन तयार भएको हो । यसका लागि जसपाको ठाकुर महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ । बैठकमा उपेन्द्र यादव पक्षलाई भने खवर गरिएको छैन ।