राष्ट्रपतिले हिजो बेलुका २१ घण्टा समय सिमा राखेर नयॅा सरकार बनाउन गरेको आब्हान अनुसार नेपाली कॅाग्रेस,नेकपा माओबादी(केन्द्र) जसपा उपेन्द्र यादब र नेकपा एमाले माधब नेपाल समुहको गठबन्धनमा कॅाग्रेस सभापति शेरबहादुर देऊवाको नेतृत्वमा नयॅा सरकारमा दाबी गर्ने निर्णय गरेको छ।
अहिले भर्खर कॅाग्रेस संसदिय दलको कार्यलायमा सम्पन्न सॅयुक्त बैठकले कॅाग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै १४९ जना सॅासदको हस्ताक्षर सहित राष्ट्रपति समक्ष दाबी पेश गर्ने निर्णय गरेर नेताहरु शितल निबास हिडेको कॅाग्रेस नेता गगन थापाले जानकारी दिएका थिए।