Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कसले पाउलान् मान्यता ?

प्रधानमन्त्रीका लागि देउवाले १४९ र ओलीले बुझाए १५३ सांसदको हस्ताक्षर, कसले पाउलान् मान्यता ?

प्रधानमन्त्रीका लागि देउवाले १४९ र ओलीले बुझाए १५३ सांसदको हस्ताक्षर, कसले पाउलान् मान्यता ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ७, २०७८ शुक्रवार • १८:१९:५५ बजे
  • 979
    SHARES
  • प्रधानमन्त्रीका लागि देउवाले १४९ र ओलीले बुझाए १५३ सांसदको हस्ताक्षर, कसले पाउलान् मान्यता ?

    संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्न राष्ट्रपति आव्हान गरेपछि शीलत निवासमा विपक्षी गठबन्धन र सत्तारुढ केपी शर्मा ओली पक्षले नयाँ सरकारका लागि छुट्टाछुट्टै हस्ताक्षर शीलतनिवासमा बुझाएका छन् ।

    images

    हाल प्रतिनिधि सभामा २७१ जना सांसद छन् । तर दलहरुले ३०२ जनाको हस्ताक्षर बुझाएका छन् । विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै शुक्रबार दिउसो पौने चार बजे नेताहरु शीतलनिवास पुगेका थिए । तर, विपक्षी गठबन्धनका नेता शीतलनिवास पुग्नु अघि नै प्रधानमन्त्री ओली शीतलनिवास पुगेर बहुमत सांसदको हस्ताक्षर बुझाएका थिए ।

    ओलीले एमालेका १२१ सांसद र जनता समाजवादीका ३२ सांसद गरी १५३ सांसदको हस्ताक्षर लगेर सरकारको नेतृत्वका लागि आधार पेश गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले जनाएका छन् । रिमालका अनुसार ओलीले बुझाएको हस्ताक्षरमा एमालेका तर्फबाट अध्यक्ष ओली र जसपाका तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

    यता विपक्षी गठबन्धनले भने १४९ सांसदको हस्ताक्षर पेश गरेका छन् । दुवैतर्फको सांसद संख्या जोड्दा ३०२ हुन्छ । प्रधानमन्त्री ओली र विपक्षी गठबन्धनका नेताहरु शीलतनिवासमा हस्ताक्षर बुझाएर फर्किसकेका छन् । बहुमतको हस्ताक्षर संविधानको धारा ७६ को उपधारा ५ मा राष्ट्रपतिले स्वविवेकीय निर्णय गर्न पाउने भएकाले उनले कसलाई मान्यता दिन्छिन् भन्ने प्रश्न उठेको छ ।

    ओलीले आजै बालुवाटारमा गरेको पत्रकार सम्मेलनमा आफुसँग एमालेका १२१ सांसद र अरु पार्टीका सांसदहरुसँग समेत कुरा भइरहेकाले सरकारमा दावी गर्ने जनाएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology