Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सीसीएमसी खारेज

पोखरेलको संयोजकत्वमा रहेको सीसीएमसी खारेज,प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति

पोखरेलको संयोजकत्वमा रहेको सीसीएमसी खारेज,प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ७, २०७८ शुक्रवार • २२:५३:३२ बजे
  • 487
    SHARES
  • पोखरेलको संयोजकत्वमा रहेको सीसीएमसी खारेज,प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति

    सरकारले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई खारेज गरी प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड १९ निर्देशक समिति गठन गरेको छ ।

    images

    सीसीएमसी शुक्रबारबाट लागु हुने गरी खारेज भएको सरकारका एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड १९ निर्देशक समिति गठन भएकाले सीसीएमसी खारेज सो सरह भएको ति मन्त्रीको भनाई छ । समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ ।

    अघिल्लो बर्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सीसीएमसी गठन भएको थियो । ‘नयाँ अध्यादेशमार्फत छुट्टै खालको संरचना परिकल्पना गरिएको छ । त्यो प्रधानमन्त्रीकै अध्यक्षतामा बनाउने निर्देशक समिति बन्ने भएर अध्यादेश नै आइसक्यो त्यसले गर्दा सीसीएमसी खारेज भयो भनेर बुझ्दा हुन्छ ति मन्त्रीले भने ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # सीसीएमसी खारेज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology