एजेन्सी–कुकुरले सुँघेर कोरोनाभाइरस (कोभिड–१९) पत्ता लगाउन सक्ने एक अध्ययनले देखाएको छ । जर्मनीका अनुसन्धानकर्ताको समूहले सुघ्ने क्षमता भएका कुकुरले कोरोना पत्ता लगाउन सक्ने आफ्नो अनुसन्धानले पुष्टि गरेको दाबी गरेका छन् ।
हेनोवर शहरमा रहेको ‘युनिभर्सिटी अफ भेटरिनरी मेडिसिन’ र जर्मन सेनाको सहयोगमा उक्त अनुसन्धान गरिएको बताइएको छ । कुकुरलाई एक साता लामो तालिम दिइएको र तालिमपछि गरिएको परीक्षणमा आठ कुकुरले कोरोना संक्रमितको पहिचान गरिएको दाबी अनुसन्धानकर्ताको छ । यदि यो सफल भएमा सार्वजनिक स्थानमा कोरोना भाइरसका संक्रमित र संक्रमण नभएकाहरुलाई छुट्याउन सकिने छ । बीबीसी