Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

योगेश भट्टराइले छोडे नेपाल खनालको साथ भने "सही गरें कि गलत गरें, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु"

योगेश भट्टराइले छोडे नेपाल खनालको साथ भने "सही गरें कि गलत गरें, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ७, २०७८ शुक्रवार • २३:०१:५६ बजे
  • 637
    SHARES
  • योगेश भट्टराइले छोडे नेपाल खनालको साथ भने "सही गरें कि गलत गरें, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु"

    नेपाल झलनाथ खनाल पक्षले कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सर्मथन गर्ने गरेको निर्णयको विपक्षमा उभिएका एमाले नेता योगेश भट्टराईले पार्टी एकतालाई जोगाउन आफूले पछिल्लो कदम चालेको बताएका छन् ।

    images

    भट्टराईले देउबाको पक्षमा हस्ताक्षर गरेका थिएनन् । मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज, उनले समाजिक सञ्जालमा लेखेका छन्ने कपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरें कि गलत गरें, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।

    उनले विहान विपक्ष दलहरुबीच भएको भर्चुअल बैठकमा नै देउवालाई समर्थन गर्न नसकिने बताएका थिए । एमालेभित्र माधव नेपाल पक्षका बलिया नेता मानिएका उनी अब ओली समूहमा जाने अवस्था देखिएको छ ।

    संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्न राष्ट्रपति आव्हान गरेपछि शीलत निवासमा विपक्षी गठबन्धन र सत्तारुढ केपी शर्मा ओली पक्षले नयाँ सरकारका लागि छुट्टाछुट्टै हस्ताक्षर शीलतनिवासमा बुझाएका छन् । हाल प्रतिनिधि सभामा २७१ जना सांसद छन् । तर दलहरुले ३०२ जनाको हस्ताक्षर बुझाएका छन् ।

    विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै शुक्रबार दिउसो पौने चार बजे नेताहरु शीतलनिवास पुगेका थिए । तर, विपक्षी गठबन्धनका नेता शीतलनिवास पुग्नु अघि नै प्रधानमन्त्री ओली शीतलनिवास पुगेर बहुमत सांसदको हस्ताक्षर बुझाएका थिए ।

    ओलीले एमालेका १२१ सांसद र जनता समाजवादीका ३२ सांसद गरी १५३ सांसदको हस्ताक्षर लगेर सरकारको नेतृत्वका लागि आधार पेश गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले जनाएका छन् । रिमालका अनुसार ओलीले बुझाएको हस्ताक्षरमा एमालेका तर्फबाट अध्यक्ष ओली र जसपाका तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

    यता विपक्षी गठबन्धनले भने १४९ सांसदको हस्ताक्षर पेश गरेका छन् । दुवैतर्फको सांसद संख्या जोड्दा ३०२ हुन्छ । प्रधानमन्त्री ओली र विपक्षी गठबन्धनका नेताहरु शीलतनिवासमा हस्ताक्षर बुझाएर फर्किसकेका छन् । बहुमतको हस्ताक्षर संविधानको धारा ७६ को उपधारा ५ मा राष्ट्रपतिले स्वविवेकीय निर्णय गर्न पाउने भएकाले उनले कसलाई मान्यता दिन्छिन् भन्ने प्रश्न उठेको छ ।

    ओलीले आजै बालुवाटारमा गरेको पत्रकार सम्मेलनमा आफुसँग एमालेका १२१ सांसद र अरु पार्टीका सांसदहरुसँग समेत कुरा भइरहेकाले सरकारमा दावी गर्ने जनाएका थिए ।

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराइ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology