काठमाडौं । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ।
राष्ट्रपतिबाट केपी शर्मा वलि बाट १५३ र शेरवहादुर देउवा बाट १४९ जना सॅासदको हस्ताक्षर सहित राष्ट्रपति कार्यलयमा बुझाए पनि दलका आ-आफ्नै बिबाद र समस्याका कारण दुवै पक्षको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरे लगत्तै मन्त्रिपरिषदको आकस्मिक बसेको बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो।
सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन।