Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति मध्यरातमा ओलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन्र : कांग्रेसका नेता गुरुङ

मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति मध्यरातमा ओलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन्र : कांग्रेसका नेता गुरुङ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ८, २०७८ शनिवार • ०८:३९:५८ बजे
  • 1.7K
    SHARES
  • मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति  मध्यरातमा ओलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन्र : कांग्रेसका नेता गुरुङ

    आश तमु , पोखरा । प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने कार्यलले मध्यरातमा राष्ट्रपति निर्वस्त्र भएको नेपाली कांग्रेसका नेता धनराज गुरुङले टिप्पणी गरेका छन् ।

    images

    नेता गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गर्दै संविधानको धारा ७६(५) बमोजिम सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपति आफैँ निर्वस्त्र बनेको बताएका हुन् । उनले आफैले आह्वान गरेका आफैले विघटन गरेको उनको आरोप छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानअनुसार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेपछि मध्यरातमा संसद नै विघटन भएको आरोप लगाए ।

    राष्ट्रपति भण्डारीले मुलुकको अभिभावक बन्नुपर्ने अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता बनेको बताए । गुरुङले लेखेका छन्, 'मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति ओलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन् ।'

    dhan raj.png

     

    सरकार बनाउन नसकेपछि प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गर्दै नयाँ चुनाव घोषणा गरेकी छन् । संविधान अनुसार वैकल्पिक सरकार बन्न नसकेपछि चुनाव घोषणा भएको हो ।

    सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेकी छन् । जसअनुसार अब पहिलो चरणको निर्वाचन कात्तिक २६ गते र दोस्रो चरणको मंसिर ३ गते हुनेछ ।

    राष्ट्रपति भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको हो । नयाँ सरकारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको दाबी परेपनि बहुमतको आधार नपुगेको भन्दै राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने बताएकी थिइन् ।

    राष्ट्रपतिबाट ओली र देउवा दुवैजनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी भएपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।

    2-प्रतिनिधि-सभा-विघटन_विज्ञप्ति_2078-1489x2048.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology