Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि चुनाव : कांग्रेस प्रवक्ता शर्मा

महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि चुनाव : कांग्रेस प्रवक्ता शर्मा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ८, २०७८ शनिवार • ०९:०५:१८ बजे
  • 1.3K
    SHARES
  • महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि चुनाव : कांग्रेस प्रवक्ता शर्मा

    आश तमु, पोखरा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री र राष्ट्रपतिलाई महाव्याधी (कोरोना भाइरसको महामारी) का बेला घोषणा गरिएको मध्यावधी चुनाव महंगो पर्ने चेतावती दिएका छन् ।

    images

    उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन"बुझी राख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्री जी, महाव्याधीका बेला मध्यावधीको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामूहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ । सरकार बनाउन नसकेपछि प्रतिनिधिसभा भंग,।

    उनले अर्को ट्वीटमा लेखेका छन्, महामारीमा मृत्युुसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि ! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा ! उनले जित जनताकै हुने बताउँदै प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।

    कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गर्दै नयाँ चुनाव घोषणा गरेकी छन् । संविधान अनुसार वैकल्पिक सरकार बन्न नसकेपछि चुनाव घोषणा भएको हो ।

    सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेकी छन् । जसअनुसार अब पहिलो चरणको निर्वाचन कात्तिक २६ गते र दोस्रो चरणको मंसिर ३ गते हुनेछ । राष्ट्रपति भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको हो ।

    नयाँ सरकारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको दाबी परेपनि बहुमतको आधार नपुगेको भन्दै राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने बताएकी थिइन् ।

    राष्ट्रपतिबाट ओली र देउवा दुवैजनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी भएपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology