Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा एमालेले खनाल-नेपाल समूहलाई कारबाही गर्ने तयारी

नेकपा एमालेले खनाल-नेपाल समूहलाई कारबाही गर्ने तयारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ८, २०७८ शनिवार • ०९:३३:४६ बजे
  • 721
    SHARES
  • नेकपा एमालेले खनाल-नेपाल समूहलाई कारबाही गर्ने तयारी

    आश तमु,पोखरा । खनाल-नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै नेकपा एमालेले खनाल-नेपाल समूहलाई कारबाही गर्ने तयारी गरेको छ ।

    images

    एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

    ज्ञवालीले त्यसबारे छलफलका लागि आज औपचारिक र अनौपचारिक छलफलहरु हुने जानकारी दिनुभयो । संविधानको धारा ७६ को उपधारा ५ मा प्रधानमन्त्री दाबी गर्ने क्रममा खनाल-नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।

    खनाल नेपाल समूहका २६ सांसदसहितको हस्ताक्षर लिएर कांग्रेस सभापति देउवाले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आफ्नो दाबी पेस गर्नुभएको थियो । उनीहरुलाई स्पष्टीकरण सोध्ने तयारी भएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology