Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विमान दुर्घटना

विमान दुर्घटना हुँदा सेनाका प्रमुख सहित ११ को मृत्यु

विमान दुर्घटना हुँदा सेनाका प्रमुख सहित ११ को मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ८, २०७८ शनिवार • ११:४९:५० बजे
  • 3.0K
    SHARES
  • विमान दुर्घटना हुँदा सेनाका प्रमुख सहित ११ को मृत्यु

    नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुख लेफ्टिनेन्ट इब्राहिम अत्ताहिरुको ज्यान गएको छ । उत्तर पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा उहाँ र चालक दलका सदस्यसहित अन्य १० जनाको ज्यान गएको हो ।

    images

    मौसममा आएको खराबीका कारण विमान दुर्घटनामा परेको त्यहाँको सेनाले जनाएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

    ५४ वर्षका इब्राहिम अत्ताहिरु गएको जनवरीमा सेनाका प्रमुख बन्नु भएको थियो । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाप्रति दु:ख व्यक्त गर्नु भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology