आज विहान काङ्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिककण्डमा बसेको पदाधिकारी र पुर्व पदाधिकारी सहितको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको निर्णयको विरुद्द कानुनी र राजनितीक उपचार खोज्ने भएको छ । प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपति र प्रधानमन्त्रीले लोकतन्त्र विरुद्द षडयन्त्र गरेको निश्कर्ष निकालेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
'अब लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय भएको छ । त्यसका लागि साथमा रहनुभएका अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्ने निर्णय भएको छ,' महतले भने । उनले प्रतिनिधिसभा विघटनको विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।
प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको निष्कर्ष निकालिएको महतले बताए । 'राष्ट्रपति र प्रधानमन्त्रीले जुन षडयन्त्रपूर्ण तरिकाबाट हिजो निर्णय गर्नुभयो यो घोर अलोकतान्त्रिक संविधानको मूल मर्मविरुद्धमा रहेको हाम्रो निष्कर्ष रह्यो,' महतले भने, 'बहुमतसहित विपक्षी दलको नेताले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेको कुरालाई लत्याइएको भन्ने ठहर भयो ।'