Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आफ्नो पार्टी संयुक्त सरकारमा सहभागि हुन तयार : विप्लव

आफ्नो पार्टी संयुक्त सरकारमा सहभागि हुन तयार : विप्लव

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ८, २०७८ शनिवार • १४:१७:०६ बजे
  • 1.5K
    SHARES
  • आफ्नो पार्टी संयुक्त सरकारमा सहभागि हुन तयार  : विप्लव

    आश तमु ,पोखरा ।नेपाल कम्युनिष्ट पार्टीले जनमत संग्रहबाट देशको निकास ल्याउने पक्षमा अन्य राजनितिकदलहरु तयार भए आफ्नो पार्टी संयुक्त सरकारमा सहभागि भएर अघि बढ्ने जनाएको छ ।

    images

    शनिबार विज्ञप्ती जारी गर्दै पार्टी नहासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रतिनिधिसभा संसद विघटन गरी मध्यवती चुनाव हुनु जनताका लागि झन् अर्को र्दुभाग्य भएको भन्दै यो अन्तिम निकास नभई जनमत संग्रहमा जानु पर्ने माग गरेको छ ।

    राजनितिकदलहरु सरकार सत्ता र जनतामारा कृयाकलापमा मात्र तल्लीन रहेकाले यसको अन्तिम विकल्प पनि जनतालाई नै सुम्पेर जनमत संग्रह गर्न तयार हुनु पर्ने र आफ्नो पार्टी पनि संयुक्त सरकारमा सहभागि भएर देश विकासमा लागि पर्ने विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।

    २०७३ सालदेखि दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन, यो सफल हुँदैन भन्ने पार्टीको निष्कर्ष सही सावित भएको लेखिएको छ ।

    शान्ति, स्थिरता एवम् समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने वाध्यता आएको भन्दै कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या रहेको विप्लवको ठम्माई छ ।

    सत्ता र व्यवस्थाको सङ्कटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तबिंरोध र सङ्कटमा धकेल्ने चाल मात्र भएको उनले बताए ।

    राज्यको सङ्कटलाई उचित निकास दिन संसद्वादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्न महासचिवले माग राखेका छन ।

    189153270_967338537417029_7809020980848219004_n.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology