नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोभिड–१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत रूपन्देही जिल्लास्थित लुम्बिनी प्रादेशिक अस्पताललाई शुक्रबार ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास र अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले अस्पतालका मेसु डा। राजेन्द्र खनाललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन ।
डा. राजेन्द्र खनालले कोभिड–१९ ले देशव्यापी रुपमा आक्रान्त र हैरानी पारिरहेको परिस्थितीमा अस्पतालमा बेड र अक्सिजनको अभावका कारण लाखौ जनताको ज्यान गएको बताए । उनले अस्पतालमा अक्सिजन अभाव भइरहेको र यस मानव सङ्कटको दुखद घडीमा जीवनप्रतिको दायित्वलाई सम्झेर अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकोमा पार्टी र विद्यार्थी संगठनलाई आगामी कार्यक्रममा लागि शुभकामनासहित धन्यवाद प्रकट गरेका थिए ।
(क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले कोभिड–१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत आफ्नो संगठनले देशव्यापी रुपमा मास्क, सेनिटाइजर वितरण, जनस्वास्थ्यसम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको र यसै सन्दर्भमा लुम्बिनी प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको बताए ।