राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको उमेदवारलाई पराजित गर्न भुमिका खेलेको भन्दै एमाले कार्वाहीको प्रकिया प्रकिया अगाडी बढाएको छ ।
आज एमालेले १४ जना प्रदेश सांसदलाई कार्वाहीको प्रकिया अगाडी बढाउदै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।
प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाका अनुसार आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको हो । बैठकले प्रदेश सरकारले अहिलेसम्म गरेका कामको समीक्षा गर्दै त्यसका लागि धन्यवाद दिएको र अब कोभिड १९ महामारी नियन्त्रणमा केन्द्रित हुन आग्रह गरिएको उनले बताए ।
स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यहरु माधव नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र अरुण नेपालसहित १४ जना छन् । प्रदेशसभामा ५६ जना एमाले सांसदमध्ये माधव पक्षमा २१ जना थिए । राष्ट्रियसभा चुनावमा ७ जना माधव पक्षका सांसदले बादललाई भोट हालेकोले १४ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो ।
संसदीय बोर्डका सदस्य अष्टलक्ष्मी शाक्य,राजेन्द्र पाण्डे र अरुण नेपालसहित १४ जना सदस्यले पार्टीविरुद्ध गतिबिधि गरेको आरोप लगाइएको छ । बोर्ड बैठकमा तीनै जना नेता उपस्थित थिएनन् ।
स्पष्टिकरण सोधिएका सांसद यी हुन् ।
