Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गठबन्धनको घोषणा

संसद विघटनका विरुद्ध सशक्त प्रतिवाद गर्ने विपक्षी गठबन्धनको घोषणा (वक्तव्यसहित)

संसद विघटनका विरुद्ध सशक्त प्रतिवाद गर्ने विपक्षी गठबन्धनको घोषणा (वक्तव्यसहित)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ८, २०७८ शनिवार • १५:०६:१२ बजे
  • 808
    SHARES
  • संसद विघटनका विरुद्ध सशक्त प्रतिवाद गर्ने विपक्षी गठबन्धनको घोषणा (वक्तव्यसहित)

    पोखरा । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरी मध्यावधि निर्वाचन गरेको प्रति विपक्षी गठबन्धनले सशक्त प्रतिवाद गर्ने भएको छ । आज नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधवकुमार नेपाल पक्ष, जसपा उपेन्द्र बाबुराम पक्ष र जनमोर्चाको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो ।

    images

    राष्ट्रपतिको आह्वान अनुसार बहुमत सांसदसहित प्रधानमन्त्रीको दाबी गर्दा प्रधानमन्त्रीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

    संविधान अनुसार वैकल्पिक सरकार बन्न नसकेपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गर्दै नयाँ चुनाव घोषणा गरेकी थिइन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेकी हुन । जसअनुसार अब पहिलो चरणको निर्वाचन कात्तिक २६ गते र दोस्रो चरणको मंसिर ३ गते हुनेछ । राष्ट्रपति भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको भन्दै चुनाव घोषणा गरिन ।

    नयाँ सरकारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको दाबी परेपनि बहुमतको आधार नपुगेको भन्दै राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने बताएकी थिइन् ।

    राष्ट्रपतिबाट ओली र देउवा दुवैजनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी भएपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको थियो ।

  • सम्बन्धित विषय:

  • # विपक्षी गठबन्धन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology