Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संसद विघटनविरुद्ध स्याङ्जा र पोखरामा नेपाली काङ्रेसको प्रदर्शन

संसद विघटनविरुद्ध स्याङ्जा र पोखरामा नेपाली काङ्रेसको प्रदर्शन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ९, २०७८ आइतवार • १२:२९:३९ बजे
  • 1.6K
    SHARES
  • संसद विघटनविरुद्ध स्याङ्जा र पोखरामा नेपाली काङ्रेसको प्रदर्शन

    नेपाली काङ्रेस स्याङ्जाले राष्ट्रपतिको पुत्ला दहन गरेको छ । सविधानमाथी धावा बोल्दै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन र मध्यवधीको चुनाव घोषणा गर्नु प्रतिगमन रहेको भन्दै स्याङ्जा सहिद चोकमा विरोध गरेका हुन ।

    images

    अभियानपथ पार्टी कार्यालयबाट शुरु भएको मौन जुलुस चोकमा आएर कोण सभामा परिणत भई राष्ट्रपतिको पुत्ला दहन गरेको थियो ।

    यसै गरी कास्कीको पोखरामा पनि नेवि संघले प्रतिगामी कदमको विरुद्द मसाल जुलुअस निकालेर बिरोध गरेको छ । पोखराको मुख्य सडक न्युरोडमा पुर्व बिधार्थी नेता सरोज केसी लगाएत विधार्थीहरुले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर आरोप लगाए । उनले कोरोना महामारी भयावहसँग जनताले सामना गरिरहेको समयमा राष्ट्रपतिको निर्णयले देशलाई झनै संकटतिर धकेलेको सुनाए ।

    कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका कार्यबाहक सभापति कुमार रानाले केवल सत्ता स्वार्थमा लिप्त केपि शर्मा ओलीको सरकारले राष्ट्रिय राजनैतिक मानमर्यादा समेतको धज्जी उडाउदै स्थापित राज्य संचालनका मुल्य मान्यतालाई बेसरम रुपमा नजर अन्दाज गरेको आरोप लगाए ।

    कार्यबाहक सभापति रानाले सम्मानित राष्ट्रपतिले संस्थालाई स्वार्थपूण कब्जामा लिई नेपाली जनताको रगत र पसिनाले सिंचित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य व्यवस्थालाई सर्बसत्ताबादको पराकाष्टमा पुगेर संविधानमाथि धावा बोल्दै गरिएको संसद विघतन र कथित मध्यावधि निर्वाचनको अवैधानिक घोषणाको घोर भत्र्सना गरिएको बताए ।कुमारद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाल र नेपाली जनताको उज्जवल भविष्यलाई अन्धकारमा धकेल्दै सिर्जना गरिएको राजर्नतिक अन्योलताले अन्ततः मुलुकलाई युद्धमा पु¥याएको जनाउदै गैर जिम्मेवार सरकारको असंवैधानिक कदम र राष्ट्रपतिको अकल्पनीय घोषणाले नेपाली जनतााको मन मस्तिष्कमा ठुलो आघात पुगेको बताईएको छ ।

    विज्ञप्तिमा प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको घोर निन्दा र भत्र्सना गर्दै सम्पूर्ण स्वाभिमानी, न्यायप्रेमी र लोकतन्त्रप्रति प्रतिवद्ध नेपाली जनतालाई हाम्रो बलिदान र संघर्षबात प्राप्त राजनैतिक उपलब्धिको रक्षाका खाँतिर दृढता पूर्वक अगाडि बढ्न अनुरोध गरिएको छ । स्याङजा कांग्रेसका दर्जन कार्यकताहरुको उपस्थितीमा राष्ट्रपतिको पुत्ला दहन गरिएको थियो भने पुत्ला दहन भए लगत्तै प्रहरीले पुत्ला निभाएको थियो । मौन जुलुसमा संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सर्वसत्ताबाद मूर्दावाद, संसद विघटनको असंवैधानिक कदम मूर्दावाद लेखिएको प्लेकार्डको प्रयोग गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाली काङ्रेस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology