Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

चुवावबाट पछि हट्न कसले थर्काए डा.देवकोटालाई ? आवश्यक परे नाम भन्नेछु : देवकोटा

चुवावबाट पछि हट्न कसले थर्काए डा.देवकोटालाई ? आवश्यक परे नाम भन्नेछु : देवकोटा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ९, २०७८ आइतवार • १४:२१:३६ बजे
  • 532
    SHARES
  • चुवावबाट पछि हट्न कसले थर्काए डा.देवकोटालाई ? आवश्यक परे नाम भन्नेछु : देवकोटा

    पोखरा । राष्ट्रियसभा निर्वाचनमा एक हजार बढी मतले गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गरेका राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई धेरैजनाले फकाएको र थर्काएको बताएका छन् ।

    images

    थर्काउने केहीको आवाजको रेकर्ड राखेको बताउँदै डा.देवकोटाले आवश्यक परेमा नाम पनि भन्ने बताएका छन् ।

    आइतबार सामाजिक संजालमा लेख्दै देवकोटाले भनेका छन्,' व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाएथर्काए। समयक्रममा आवश्यक परेमा नाम भन्दै गरौंला । कसैकसैको त भ्वाइस रेकर्ड नै राखेको छु । आफू विचलित भएको भए आफ्नो मात्र नभई आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो भन्दै उनले तर आफू अडिग रहेको समेत बताएका छन् ।

    उनले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रो हुने उनले बताएका छन्। ' बोलेपछि सीह गरेपछि वचनवद्ध भएपछि पूरा गर्नुपर्छ। भागेर लुकेर जालसाझी गरेर केही समय त टिकिएला। तर बुझ्न जरुरी छ पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ।

    निष्ठा र इमान्दारीताको राजनीतिबाट भागेर नहिडौं,'उनले भनेका छन्,' बोली र इमानमा कटिवद्ध होऔं।'

    Khimlal-Devkota_20210523080934.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology