Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डडेल्धुराको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्थाले अक्सिजन उपलब्ध गराउन थाले

डडेल्धुराको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्थाले अक्सिजन उपलब्ध गराउन थाले

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ९, २०७८ आइतवार • १४:५०:२२ बजे
  • 1.5K
    SHARES
  • डडेल्धुराको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्थाले अक्सिजन उपलब्ध गराउन थाले

    डडेल्धुरा । डडेल्धुराको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका छन् । डडेल्धुरा अस्पतालमा कोरोना भाइरसका बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका हुन् ।

    images

    अस्पतालमै रहेका अक्सिजन सिलिन्डरमा आफ्नै खर्चमा विभिन्न सङ्घसंस्थाले नेपालगञ्जबाट अक्सिजन भरेर अस्पताललाई दिने गरेका छन् । एक सातायता देखि अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्थाले पटकपटक गरी करीब ६० भन्दा बढी अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।

    अक्सिजनको अभाव भइरहेका समयमा अस्पतालमा रहेका सिलिण्डर भरेर दिँदा उपचारमा सहज भएको निमित्त मेसु जगदीशचन्द्र बिष्टले बताए। जिल्लास्थित विभिन्न समाजिक संस्थामध्ये बोलन्या थली, नेपाल जेसिस, भक्तविवि हेल्पिङ हेन्ड्स एन्ड ह्युमानिटी फाउण्डेशनलगायतका संस्थाले सिलिण्डर सहयोग गरेको जनाइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology