Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रिटमा हस्ताक्षर

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिटमा हस्ताक्षर गर्ने नेपाल पक्षका सांसद् ३० पुगेको दाबी

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिटमा हस्ताक्षर गर्ने नेपाल पक्षका सांसद् ३० पुगेको दाबी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १०, २०७८ सोमवार • १२:२३:२४ बजे
  • 1.0K
    SHARES
  • देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिटमा हस्ताक्षर गर्ने  नेपाल पक्षका सांसद् ३० पुगेको दाबी

    पोखरा । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित अदालतमा रिट हाल्ने तयारीमा रहेको गठबन्धनमा नेपाल खनाल पक्षका ३० जनाले हस्ताक्षर गरेको दावी गरिएको छ ।

    images

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल पक्ष, जसपाको उपेन्द्र यादव बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्चमा रिट दिन लागेका हुन्। सिंहदरबारस्थित लेखा समितिको हलमा भएको सांसदहरुको भेलाबाट ३० जना सांसदले हस्ताक्षर गरेको माधव नेपाल पक्षीय सांसद विरोध खतिवडाले बताए।

    हस्ताक्षर गर्ने सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायत छन्। नेता झपट रावलले हस्ताक्षर गर्नेको सूची तयार पार्दैछन्।

    यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए। अहिले माधव नेपालसहित विपक्षी गठबन्धनका अरू सांसद र शीर्ष नेताहरु पनि सिंहदरबार पुगेका छन्।

    विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गठबन्धनले तयार पारेका छन् । रिट आजै दायर हुनेछ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology