Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जसपा सरकारमा जादैँ

आठ मन्त्रालय र राज्यमन्त्री मागेका ठाकुर महतो, सात मन्त्रालय नै लिएर ओली सरकारमा जाने !

आठ मन्त्रालय र राज्यमन्त्री मागेका ठाकुर महतो, सात मन्त्रालय नै लिएर ओली सरकारमा जाने !

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १०, २०७८ सोमवार • १३:०८:१७ बजे
  • 1.7K
    SHARES
  • आठ मन्त्रालय र  राज्यमन्त्री मागेका ठाकुर महतो, सात मन्त्रालय नै लिएर ओली सरकारमा जाने !

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुले राखेको मागलाई सम्बोधन गरिसकेको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष सरकारमा जाने तयारीमा जुटेको छ।

    images

    स्रोतका अनुसार ठाकुर पक्षले ८ जना मन्त्री र २ राज्यमन्त्री मागेको छ। तर अब सात जना मात्रै मन्त्री थप गर्न मिल्छ। आकांक्षी धेरै भएकोले व्यवस्थापन गर्न ८ जना मन्त्री दिनुपर्ने ठाकुरले ओलीसँग माग गरेको स्रोतको दावी छ।

    ओलीले अहिले रहेका मन्त्री नहटाइकन यसअघिदेखि नै रिक्त मन्त्रालय जसपालाई दिने गरी सरकारमा आउन भनेका छन्। नेकपा माओवादी छाडेर एमालेमा आएकालाई दिइएको ७ मन्त्रालय केही दिनदेखि रिक्त छ। ती मन्त्रालय प्रधानमन्त्री ओली आफैँले हेर्ने गरी राखेका छन्।

    माओवादी छाडेका एमाले आएकाहरू गैरसांसद रहेकोले मन्त्रीबाट हट्नुपरेको थियो। साथै मन्त्रालयहरू हेरफेरसमेत गर्न सकिने ओलीले बताइरहेका छन्।

    जसपाका अर्का अध्यक्ष बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष भने सरकारमा जाने पक्षमा छैन। उनीहरूले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध गरिरहेका छन्।

    ओली सरकारको विकल्प खोज्नुपर्नेमा भट्टराई र यादव छन्। साथै उनीहरूले हालै केन्द्रीय कार्यकारिणी समिति बैठक गरेर सरकारमा गए कारवाही गर्ने चेतावनी दिएका छन्।

  • सम्बन्धित विषय:

  • # ओली सरकारमा जाने
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology