एमालेले माधव नेपाल झलनाथ खनालसहित ११ निवर्तमान सांसदलाई पार्टीबाट निष्काशन गरेको छ । सोमबार बसेको स्थायी समिति बैठकले नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको एमालेको एक स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठकले यसअघि शनिबारको बैठकमा स्पष्टीकरण सोधिएका ११ जनालाई निष्काशन गरेको हो ।बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
पार्टीबाट निष्काशनमा पर्ने निम्नानुसार रहेका छन् ।
१.माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीमबहादुर रावल
४. मुकुन्द न्यौपाने
५. रामकुमारी झाँक्री ६.सरला यादव
७.पुष्पाकुमारी कर्ण
८.कलिला खान
९.निरादेवी जैरु
१०.लक्ष्मीकुमारी चौधरी
११. कल्याणीकुमारी खड्का