पोखरा । पहिलो पटक प्रतिनिधि सभा विघटन पछी सरकार पाटी अध्यक्ष ओलीको कडा आलोचक रहेकी नेत्री रामकुमारी झाँक्रीलाई पाटीले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेपछी बालै फरर भन्दै प्रतिकिया दिएकी छिन ।
सामाजिक सञ्जाल ट्विट गर्दै झाँक्रीले देउरालीको चौतारीमा हावा सरर.............बगाएर लाने भो माया तिमीलाई बालै फरर।.... भनेकी छिन् । उनले भन्न खोजेको स्पष्ट नभए पनि पार्टीबाट निष्काशनको निर्णयले आफूलाई कुनै असर नपरेको भन्न खोजेको जस्तो देखिन्छ।
गत पस ५ गते ओलीले संसद विघटन गरेपछि उनी त्यस कदम विरुद्धको अभियानमा देशका विभिन्न ठाउँमा पुगेकी थिइन् । गोरखामा पुगेर उनले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिका विरुद्ध ओली समूहका व्यक्तिहरुले प्रहरीमा उजुरी नै गरेका थिए ।
अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गरेपछि तत्कालीन नेकपामा प्रचण्ड–माधव नेपाल पक्षका नेता कार्यकर्ताहरूको व्यापक दवावपछि केही घण्टामा झाँक्री छुटेकी थिइन् ।