Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गोली लागी घाइते भएका माओवादी नेता दीपक पाण्डेको उपचारको क्रममा निधन

गोली लागी घाइते भएका माओवादी नेता दीपक पाण्डेको उपचारको क्रममा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ११, २०७८ मंगलवार • ०९:५६:२९ बजे
  • 1.6K
    SHARES
  • गोली लागी घाइते भएका माओवादी नेता दीपक पाण्डेको उपचारको क्रममा निधन

    पोखरा । केही दिन अघि गोली लागी घाइते भएका माओवादी नेता दीपक पाण्डेको उपचारको क्रममा निधन भएको छ । पाण्डेको अवस्था गम्भीर भएपछि हेलिकप्टरमा काठमाडौं पुर्याएको एक घण्टामा नै सोमबार राति काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

    images

    निधन भएको पाण्डेलाई गत बुधवार राती ११ बजे मोटरसाइकलमा आएका तीन जनाको समुहले गोली हानेको थियो । गोली प्रहार गर्ने तीन जना मध्य दुई जनालाई प्रहरीले पक्राउ गरेका छन भने एक जना अझै पनि फरार रहेको प्रहरीले जनाएको छ ।

    भैरहवा स्थित मेडिकल कलेजमा उपचार गराईरहेका पाण्डेको थप उपचार गर्न सम्भव नभएपछी जिल्ला प्रशासनको पहलमा गृह मन्त्रालयले हेलिकप्टर पठाएको थियो । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं। १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका २ का ३३ वर्षीय साकिर अली छन् ।

    पाखुरामा एउटा गोली लागेका अर्का भारतीय नागरिकको अवस्था भने सामान्य छ । उनी उपचारपछि घर फर्केका छन् ।

    रिसिइबीका कारण पाण्डेमाथि गोली चलाएको अभियुक्तले बयान दिएको कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology