Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार

सेनाद्वारा मालीका राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार

सेनाद्वारा मालीका राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ११, २०७८ मंगलवार • १४:०९:४१ बजे
  • 1.3K
    SHARES
  • सेनाद्वारा मालीका राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार

    एजेन्सी । मालीको अन्तरिम सरकारका राष्ट्रपति बाह अन्डाव र प्रधानमन्त्री मक्तार उआनलाई सेनाले गिरफ्तार गरेको छ । गत बर्षको अगस्तमा सेनाकै कारण सत्ताबाट तत्कालिन राष्ट्रपति इब्राहिम बाउबकार केटा हटेपछि १८ महिनाका लागि राष्ट्रपति बाह अन्डाव र प्रधानमन्त्री मक्तार उआन नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।

    images

    यो सरकारलाई चुनाव गराउने र देशको अवस्था सुधार गर्ने जिम्मेवारी दिइएको थियो । अन्तरिम सरकारका थुप्रै प्रमुख नेताहरु सेना नै थिए । राष्ट्रपति बाह अन्डावसमेत सैन्य अधिकारीका रुपमा काम गरिसकेका व्याक्ति हुन् । गत बर्षको अगस्तमा भएको सैन्य कुको नेतृत्व गरेका दुई सैन्य अधिकारीहरुलाई राष्ट्रपति बाह अन्डाव नेतृत्वको सरकारले निकालेपछि राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तारमा परेका हुन् ।

    पछिल्लो समय माली राजनीतिक, आर्थिक र मानविय संकटमा चुलिएको छ । सन् २०१२ देखि द्धन्द्ध मच्चाउँदै आएको अलगवादी इस्लामीक समुहका कारण लाखौं मानिसहरु घरबार बिहिन भएका छन्, भने कोभिड१९ को माहामारीले त्यहाँको स्वास्थ्य प्रणालीमा झन ठूलो संकट निम्त्याएको छ । मालीको सैन्य विद्रोहको संयुक्त राष्ट्र संघ, अफ्रिकन युनियन र युरोपेली मुलुकहरुले आलोचना गर्दै यथास्थिती कायम राख्न भनेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology