Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बुद्ध जयन्ती

बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै प्रचण्डले भने "बुद्धले झै संघर्षमा उत्रिनु आजको आवश्यकता"

बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै प्रचण्डले भने "बुद्धले झै संघर्षमा उत्रिनु आजको आवश्यकता"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १२, २०७८ बुधवार • ०९:४१:०७ बजे
  • 1.2K
    SHARES
  • बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै प्रचण्डले भने "बुद्धले झै संघर्षमा उत्रिनु आजको आवश्यकता"

    पोखरा । बुद्द जयन्तीको अवसरमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउने बताउदै त्यसको ज्वालन्त उदाहरण अहिलेको राजनीति भएको बताएका छन्।

    images

    'सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ। दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ,' शुभकामना सन्देशमा प्रचण्डले भनेका छन्, 'त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा हामीले भोग्दै आएका छौं।'बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई नदर्शाउने उल्लेख गर्दै बुद्धले झै संघर्षमा उत्रिनु आजको आवश्यकता रहेको उनको भनाई छ।

    'पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको छ। त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्दछु,' प्रचण्डले भनेका छन्।

    बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याएको योगदान चर्चा गर्दै उनले नेपालीहरुका लागि गर्वको कुरा बताएका छन्। 'बुद्धका उपदेश लोकप्रिय हुनुका साथै विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत छन्,' उनले भनेका छन्। आजकै दिन परेको किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाकोसमेत प्रचण्डले शुभकामना व्यक्त गरेका छन्।

    कोभिड १९ को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन प्रचण्डको आग्रह रहेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology