Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अवस्था सामान्य भएको भए अहिले लाखौँ नागरिक सडकमा उत्रिइसकेका हुन्थे :कांग्रेस

अवस्था सामान्य भएको भए अहिले लाखौँ नागरिक सडकमा उत्रिइसकेका हुन्थे :कांग्रेस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०७८ बुधवार • १३:३०:२६ बजे
  • 541
    SHARES
  • अवस्था सामान्य भएको भए अहिले लाखौँ नागरिक सडकमा  उत्रिइसकेका हुन्थे :कांग्रेस

    नेपाली कांग्रेसले अवस्था सामान्य भएको भए अहिले लाखौँ नागरिक सडकमा उत्रिइसकेको हुने जनाएको छ । बुधबार सभापति शेर बहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

    images

    बैठकपछि सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले असंवैधानिक बाटोमा राज्यसत्ता कब्जा गर्ने र अधिनायक शासन चलाउने नियत राखेको भन्दै सामान्य अवस्था भएको भए लाखौँ जनता यति बेला सडकमा उत्रिइसकेको हुने बताए ।

    अहिले सामान्य अवस्था हुन्थ्यो भने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक हर्कतविरुद्ध लाखौँ जनता सडकमा उत्रिएका हुन्थे, हामी सबै आन्दोलनमार्फत् जनमतअनुरुपको अवस्था निर्माण जुटिरहेका हुन्थ्यौँ ।

    महतले भने,“तर, जीवन नै जोखिममा परेको अवस्था छ । जनताको स्वास्थ्यमा खेलवाड नर्गन हामी सरकारको ध्यानाकर्षण गर्दछौँ ।” उनले राष्ट्रप्रमुख र सरकार प्रमुखका गैर जिम्मेवारी नागरिकप्रतिको बेवास्ताका उपज भएको बताए ।

  • सम्बन्धित विषय:

  • # नागरिक सडकमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology